काठमाडौं । सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी गराएका हुन्।

मन्त्री कोइरालाले बुधबार संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको बताए।

‘१६ वर्षमा नागरिकता पाइन्छ। १८ वर्षमा मतदान गर्न पाइन्छ। बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन’, मन्त्री कोइरालाले भने, ‘विहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन। बरू यसले अपराध बनाउने काम भइरहेको छ। त्यसैले यसमा पुनरावलोकन गर्नुपर्ने हुन्छ। मन्त्रालयले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।’ मन्त्री कोइरालाले विवाह गर्ने उमेर बढी राख्दा बालविवाहका नाममा आपराधिक घटना बढ्दै गएको जिकिर गरे।

उनले विवाह गर्ने उमेर कति वर्ष कायम गर्ने भन्ने विषयमा केही बताएनन्। मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहिताअनुसार २० वर्ष पुगेका केटाकेटी बिहे गर्न योग्य मानिन्छन्।

 

प्रकाशित मिति: १ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com