चन्द्रमणी शर्मा – बिचार


स्वतन्त्र उम्मेदवारको जित हुनु दल विरुद्धको विद्रोह हो । स्वतन्त्र मेयरको बद्नाम गराउनु अहिले राजनैतिक दलहरुको प्रमुख एजेण्डा नै बनेको देखिन्छ । यसमा विभिन्न संचारमाध्यम तथा पत्रकारहरुको समेत प्रयोग भैरहेको छ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलको जग मात्र हल्लिएन स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घट्दै गएको छ।

दल र तिनका नेता तथा उम्मेदवारको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन आउन नसक्नुले देशभर देशको प्रमुख शहरहरुमा स्वतन्त्र उम्मेदवारले बिजय हांसिल गरे। त्यस्पचात राजनैतिक दलहरुलाई स्वतन्त्र उम्मेदवार चुनौती बनेको देखिन्छ। राजनैतिक दलहरु आफ्नो गल्ती स्वीकार गर्न तयार देखिदैनन् बरु स्वतन्त्र उम्मेद्वारको बदनाम गराउनु राजनैतिक दलहरुको प्रमुख एजेन्डा देखिन्छ।

व्यवस्था फेरियो तर जनताको अबस्था फेरिन सकेन । त्यही भएर जनताले यस्तो फैसला गरेका हुन् । दलका नेता जनतामाझ लोकप्रिय हुन सकेका छैनन् । जनतालाई सेवा सुविधा दिन नसक्ने दल र तिनका नेताहरु अब बिस्तारै जनताबाट अस्वीकृत हुने छन् ।

राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्न नसकेर नै यो स्थिती आएको हो । यसलाई समय छँदै राजनीतिक दलले मनन् गर्न जरुरी छ । तर स्वतन्त्र मेयरलाई काम गर्न नदिने र बदनाम गर्न गराउने गलत रणनीति राजनितीक दलहरुले अपनाए भने नेपाल बाट दलिय ब्यबस्थाको अन्त्य हुने निश्चित छ।

अब जनता ढाँटेर ढाँटिने अवस्थामा छैनन् । जनता धेरै सचेत छन् । जनचेतना निरन्तर बदलिँदो छ । राजनीति जनताको पक्षमा हुनुपर्छ । राजनीति भनेको समाज सेवा हो । तर, राजनीतिलाई ब्यापार बनाइएको छ ।

 

प्रकाशित मिति: १ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com