धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले लुटेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

व्यापारीहरूले भने भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।

 

 

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com