एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेको भिडियो सार्वजनिक भएको छ । उनी आफ्नो घर रहेको अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै साइकलबाट लडेका हुन् ।

उनी साइकलबाट लड्दा कुनै ठूलो चोट भने नलागेको बताइएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको टिमले नै वाइडेन लडेको भिडियो पोष्ट गरेको छ ।

भिडियोमा वाइडेन लड्ने वित्तिकै उठेका छन् । उठ्ने वित्तिकै उनले आफू ठिक भएको प्रतिक्रिया दिन्छन् ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपति वाइडेनले बताएका छन् ।

७९ वर्षीय वाइडेन प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका बेला लडेको बताइएको छ ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com