काठमाडौं । आठ वर्षअघिको बलात्कार घटनामा हालै पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ ।

उनीविरुद्द दायर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरको मुध्दा आज थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पुर्पक्षमा राखेर अनुसन्धान गर्न डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो । तत्काल प्राप्त प्रमाण र प्रतिवादीलाई हुनसक्ने सजायसमेतको आधारमा प्रतिवादी पाण्डे निर्दोष रहेछन् भनी अहिले नै भन्‍न सकिने अवस्था नदेखिएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कारागार पठाउन अदालतले भनेको छ ।

‘प्रतिवादी मनोजकुमार पाण्डे भन्ने मनोजकुमार जैसीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ८ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, डिल्लीबजार पठाइदिनु भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छु’, न्यायाधीश ढुंगानाको आदेशमा भनिएको छ ।

पाण्डेविरुद्ध काठमाडौँ जिल्ला अदालतमै दायर अर्को बालयौन दुर्व्यवहारको मुद्दामा भने धरौटीमा छोड्न आदेश भएको छ । पाण्डेले कसूर इन्कार गरेकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी एक लाख धरौटीमा छोड्ने अदालतको आदेश छ ।

‘प्रतिवादी मनोजकुमार पाण्डे भन्ने मनोजकुमार जैसीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ८ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, डिल्लीबजार पठाइदिनु भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छु’, न्यायाधीश ढुंगानाको आदेशमा भनिएको छ ।

‘प्रतिवादीले अनुसन्धानको क्रममा तथा यस अदालतसमक्ष बालयौन दुरुपयोगको कसूरमा इन्कार रही गरेको बयान तथा प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई मध्यनजर गर्दा थुनामा नै राखी पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम यी प्रतिवादी मनोजकुमार पाण्डे भन्‍ने मनोज कुमार जैसीबाट १०००००/- (एक लाख रुपैयाँ ) बराबरको नगद धरौटी, जेथा जमानत वा निरन्तर बैंक जमानत ल्याए प्रस्तुत मुद्दाको रोहमा तारिखमा राख्‍नू’, आदेशमा उल्लेख छ ।

आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी तत्कालीन १६ वर्षे किशोरी सुस्मिता रेग्मीले बलात्कारको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि पाण्डेलाई प्रहरीले काठमाडौंको स्वयम्भू नजिकैबाट पक्राउ गरेको थियो।
जनआस्था

प्रकाशित मिति: ६ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com