काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चन्दाको गन्धा धन्धा नगर्ने रवि लामिछाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन् । उनले मंगलबार पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । लामिछानेले मंगलबार नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।

लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए ।

 

 

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com