काठमाडौं । लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी विभाजन हुने संघारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टी बिभाजनको अवस्था सिर्जना भएको हो।

सोमबार राति बसेको कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको हो । जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

बाबुराम भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

यससँगै जसपा फेरि विभाजन हुने देखिएको छ । बाबुराम पक्षले यादव समझदारीमा नआएको खण्डमा नयाँ पार्टी दर्ता गरेर भएपनि अगाडी बढ्ने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा जसपाका एक नेताले बताए ।

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com