काठमाडौं । काठमाडौं महानगरले हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सचेतनामुलक र उपचारका कार्यक्रम पनि गरिरहेको छ। यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गर्ने महानगरले जनाएको छ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको हो। होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई महानगरले अनुरोध गरेको छ।

यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ। काठमाडौं उपत्यकामा हैजाका बिरामी देखिन थालेपछि महानगरपालिकाले गुनासो सुन्न हटलाइन नै सञ्चालन गरेको छ।

महानगरको हटलाइन ११८० मा बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता बारे नागरिकले प्रश्न सोध्ने गरेको महानगरले जनाएको छ।

शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खान? शंखमुलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो। यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस, उमालेर मात्र प्रयोग गर्नुहोस्।’

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com