काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरेका छन्।  चौधरीले पार्टी बाधक नभए प्रचण्डको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जनाएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित क्षेत्र चितवन-३ बाट चुनाव लड्ने चौधरीको पनि तयारी रहेकोछ। चौधरीले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेपनी पार्टीले अन्यत्रबाट चुनावमा उम्मेदवार बनाए पार्टिको निर्णयअनुसार आफू जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको पनि बताए।

जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न् सार्वजनिक रुपमा आग्रह गर्न थालेका छन्।

नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताएका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी सरकारले तयारी अगाडि बढाइसकेको छ ।

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com