काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे ।

‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन र आउँदैन पनि । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । रेल आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौं, चीनलाई तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ । सामान लैजाउ बाटो दिन्छौं’- उनले भने ।

महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ वा सक्दैनौँ भन्ने आधार नै नरहेको बताए।

प्रकाशित मिति: १५ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com