काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन् ।

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।‘

अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।

 

प्रकाशित मिति: १५ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com