काठमाडौं । नेकपा एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिष्ट शक्तिहरुको तालमेलको प्रस्ताव लिएर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि संग भेटवार्ता गरेका छन्।

एकता अभियान पार्टीका संयोजक गौतमले बिहीबार बिहान एमालेका अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरेका हुन्। ।‘आफू आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव गरेका थिए।

गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वामगठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए। अध्यक्ष ओलीले वाम गठबन्धनमा आफू समेत सकरात्मक रहेको तर प्रचण्ड र नेपाल सुध्रेर आउनुपर्ने जवाफ गौतमलाई दिएको स्रोतले बताएको छ।

प्रकाशित मिति: १६ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com