काभ्रे । काभ्रेको बनेपामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । भक्तपुर लोकन्थलीकी ५३ बर्षीय लेख कुमारी बस्नेतको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ।

बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बाेकेको बा १ क ५७४७ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरुको उपचार शिर मेमोरियलमा २१ जना , भोमी हस्पिटलमा ७ जना,  धुलिखेल अस्पतालमा ८ जना र केहीको अपाङ बाल अस्पतालमै उपचार  भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए।

अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । बस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

प्रकाशित मिति: १६ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com