काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका अगाडि काठमाडौंका मेयर बालेन्द्र साह उभिइरहेको एउटा तस्वीर यतिबेला सामाजिक संजालमा भाईरल भएको छ।

यो तस्वीर मेयर बालेन्द्र साहले चुनाव जितिसकेपछि राष्ट्रपतिसँग भएको भेटको दृश्य भने होइन् । यो भाइरल तस्वीर  चुनाव अघिकै भएको पुष्ठि भएको छ। शीतलनिवास स्रोतका अनुसार यो तस्वीर गत चैत ८ गतेको हो। त्यसबेला स्थानीय चुनाव भइसकेको थिएन। त्यो दिन विश्व पानी दिवस परेको थियो।

विश्व पानी दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका केही जलस्रोत विज्ञलाई शीतलनिवासमा आमन्त्रण गरेर छलफल गरेकी थिइन्। त्यहाँ सरकारी सञ्चार माध्यमका पत्रकारसमेत १२ जना निम्तालु सहभागी थिए। कार्यक्रममा बालेन्द्र शाह पनि निम्त्याइएका थिए।

तस्वीरमा देखिएको दृश्यमा बालेन्द्रले उभिएर राष्ट्रपतिसमक्ष आफ्ना कुराहरु राखिरहेको देखिन्छ। तर, कोभिडको स्वास्थ्य प्रोटोकोल अनुसार दुरी कायम गरेर छलफल गरिएको शीतल निवास स्रोतको भनाइ छ। यतिबेला यो तस्वीर सामाजिक संजालमा भाईरल भईरहेको छ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com