काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी परित्यागको तयारी र नयाँ दल दर्ताको प्रक्रियामा लागिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग निकटता बढेको छ।

जनता समाजवादी पार्टिमा उपेन्द्र यादव पक्षधरसँगको चर्को विवादका कारण समझदारीमै पार्टी विभाजनको प्रस्ताव लिएर उपेन्द्र यादव संग छलफल गरेका भट्टराई यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग मिल्ने संकेत देखिएको हो।

हिजो मात्र भट्टराई र प्रचण्डको उपरराष्ट्रपति नन्दकिशोर पुनको निवासमा लामो छलफल भएको थियो। उक्त छलफल सकारात्मक रहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ। नयाँ दल दर्ताको तयारीमा लागेका भट्टराई आफ्नो प्रस्ताव प्रचण्डले स्विकार गरे पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका हुन्।

छलफलमा भट्टराईले पार्टीको नाम समाजवादी केन्द्र बनाएर अघि बढे प्रचण्डसँग सहकार्य गर्न सकिने बताएका थिए। प्रचण्डले पनि माधव नेपालको पार्टीसँगको एकतालाई ध्यानमा राखेर समाजवादी केन्द्र बनाएर जान सकिने जवाफ दिएका थिए।

माओवादी केन्द्र संग एकता गर्नुपरे पार्टीको नाम समाजवादी केन्द्र बनाएर जानुपर्नै अडान राखेका भट्टराई प्रति प्रचण्ड सकारात्मक देखिएपछी एकताको संकेत देखिएको हो।

माओवादीसँग अलग भएको लामो समयपछि भट्टराई पूनः माओवादीमा नै प्रवेश गर्नेगरि छलफलमा जुटेको माओवादी केन्द्रको उच्च स्रोतको भनाइ छ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com