काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।

सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com