काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ।

अभियानमा आवद्ध नेकपा (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको हो।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।

“एमालेमा ओलीजीले पेलेजस्तो उहाँले पनि पेल्नुभयो । हामी एकपटक छलफल गरौँ भन्दा हतारहतार पदको बार्गेनिङ गर्न जाने र उहाँहरूको पूर्वएकता टिमलाई नै कमिटीमा राख्ने व्यवहार गर्नुभयो । एकपटक बसेर छलफल गरौँ भन्दा उहाँले अहिले भेट्दिनँ भन्नुभयो । वरीयता निर्धारण गर्नु भएन । त्यसपछि आज हामीले उहाँलाई निष्कासन गर्ने निर्णय गर्‍यौँ,” उनले भने ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ।

जसको सदस्यमा द्वारिका निरौला, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, रोशन लामिछाने र नीलकण्ठ पौडेेल रहेका छन् ।

बैठकको निर्णयमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराज सफललँई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो।’

गौतमले यही असार १४ गते काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका थिए । उनी चार दिनमै पार्टीबाट निष्कासित भएका हुन् ।

हेर्नुहोस् निर्णयको पृष्ठ

प्रकाशित मिति: १८ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com