काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीले आवेदन दिएका छन्।

भुवन केसी सहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ।

शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम दिन हो।
आइतबार थप केही फिल्मकर्मीले आवेदन दिने तयारी गरेका छन्। अधिकांश आवेदक सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन्। आवेदन दिइसकेकाहरु शक्तिकेन्द्रसँग लबिङ गरिरहेका छन् ।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तिर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख थियो ।

अभिनेता केसीले तोकिएको मापदण्डमा आफ्नो शैक्षिक योग्यता र उमेर बाधक नहुने भएपछि आवेदन दिएको बताए । तर, बिहीबार सञ्चारमाध्यममा भुवनको योग्यता र उमेर बाधक भएको खबर आएका थिए । भुवनले यी दाबीहरु गलत भएको बताए ।

 

प्रकाशित मिति: १८ असार २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com