५ वैशाख, पोखरा । पोखरामा चुनाबी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । खासगरी जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँटमा आफूहरुको सम्मानजनक उपस्थिति नभए एक्लै चुनाव लड्ने जनाएको छ ।

पोखरामा आइतबार साँझ सत्ता गठबन्धनका नेताहरुको बैठक मा भागबण्डा अंक नमिल्दा सो बैठक निष्कर्षविहीन भएको थियो । सिट बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै जसपाका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका उपाध्यक्ष आमोद कुमार थापा बैठक बीचमै छाडेर हिँडेका थिए ।

मिडिया संगको कुराकानीमा उनले भने , ‘सहमतिका लागि जुन प्याकेजको प्रस्ताव ल्याउने भन्ने थियो, त्यसअनुसारको प्रस्ताव नआएपछि अर्को प्रस्ताव ल्याउनुस् भनेका छौं ।’ आफू वार्ता समितिमै भएकाले प्रस्तावको विषयमा थप भन्न नसक्ने उनले बताए ।

यद्यपि जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको बताईएको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

सम्मानजनक प्रस्ताव नआए जसपाले एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ । ‘सहमति नभए गठबन्धनभित्रैबाट एकल रुपमा पनि चुनाव लड्न सक्ने कार्यविधि छ,’ थापाले भने, ‘चित्तबुझ्दो प्रस्ताव नआए हामी त्यसै अनुसार अगाडि बढ्छौं ।’ नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दम्भ छाडेमा कुरा मिल्ने, नत्र समस्या हुने थापाले बताए ।

केही समय अगाडि डा. बाबुराम भट्टराई र हिसिला यमीले पोखरा आएर एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई भेटेर वैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनको विषयमा छलफल गरेका थिए

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com