काठमाडौं । काठमाडौं महानगरपालिका, जैविक फोहोरलाई उपत्यकामै व्यवस्थापन गर्ने गृहकार्यमा जुटेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर छुट्याएर मात्रै खसाल्ने सहमति गरेको महानगरले आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै संकलन गर्ने सूचना जारी गरिसकेको छ ।

यसरी वर्गीकरण गरिएका फोहोरमध्ये कुहिने फोहोर बञ्चरेडाँडामा नलगी शहरभित्रै कम्पोस्टिङमार्फत व्यवस्थापन गर्न मेयर बालेन साहको टिमले काम गरिरहेको छ ।

त्यसको संकेत गर्दै मेयर बालेनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाडौंमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा काठमाडौं महानगर क्रियाशील छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर उल्लेख्य फरक पार्नेमा हामी सचेत छौं ।’

मेयर बालेनको टिमका सदस्यहरुका अनुसार फोहोरको दीर्घकालीन समस्या समाधानका लागि कुहिने फोहोरको कम्पोष्टिङ (कुहाएर मल बनाउने) देखि नकुहिने फोहोर ठेक्का लगाएर बेच्नेसम्मका योजनामा काम भइरहेको छ ।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com