दाङ । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडियो अपलोड भएको थियो ।

सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।

उक्त सार्वजनिक भिडियो प्रति प्रतिक्रिया दिँदै शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । उनले भने, ‘त्यो भिडिओ ओर्जिनल होइन, इडिट गरेर बनाइएको हो।’

चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र हत्या गर्न त्यस्तो भिडिओ बनाइएको दाबीसमेत उनले गरेका छन् ।

‘नाङ्गैबुङ्गै भए पो डर, मलाई यसले केही फरक पर्दैन,’ उनले भने। उक्त भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीलाई भने आफूले चिनेको शाहले बताए।

वलीले भने उक्त भिडिओको बारेमा केही थाहा नभएको बताइन् । ‘मैले स्थानीय तहको चुनावपछि टिकटक नै चलाएको छैन,’ उनले भनिन्, ‘कसरी त्यस्तो भिडिओ पोष्ट भयो मलाई थाहा भएन ।’ भिडिओ वाहियात भएको उनको भनाइ छ । मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् ।

रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ । तस्बिरमा हेर्दा उनीहरूबीच उमेरमा पनि धेरै अन्तराल देखिन्छ। 

गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएकाे निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबज‌गकाे दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।

गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन्।
नेपाल प्रेस

प्रकाशित मिति: १९ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com