काठमाडौं । बिगठित नेपाल कम्युनिस्ट पार्टी नेकपाका तत्कालीन पाँच जना सचिवालय सदस्यहरूको आज ‘पुनर्मिलन’ भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि उनीहरुबीच सामूहिक भेट भएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

गंगा दाहाल लेख्छिन्, ‘साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरु अध्यक्ष कमरेड प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको छ। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको अवस्था, स्थानीय चुनाव, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको थियो। नेतृत्व तहमा यो छलफललाई निरन्तरता दिने समझदारी बनेको दाहालले बताएकी छन्।

तत्कालीन अध्यक्ष प्रचण्ड तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको भेटवार्तामा सरिक थिए।

 

प्रकाशित मिति: १९ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com