काठमाडौं । अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरको नीतिप्रति असन्तुष्ट व्यक्त गरेकी छिन्।

केही दिनअघि बालुवाटार महाराजगन्ज क्षेत्रमा मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जाल मार्फत आफ्नो असहमति उजागर गरेकी हुन् ।

कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन।’

उनले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा हुने भन्दै आममानिस र पर्यटकहरुले यसबाट आनन्द उठाउने दाबी समेत गरेकी छन्। करिश्माको प्रश्न छ, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ सडकमा खानेकुरा बेचेर पेट भर्ने तथा सडकको खाएर पेट भर्ने जमात यही सहरमा रहेको उनी बताउँछिन् ।

‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’ करिश्माको थप प्रश्न छ ।

 हेर्नुहोस करिश्माको स्टाटस

प्रकाशित मिति: २० असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com