काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । एसएलआर राइफलको गोली प्रहारबाट दूतावासमा रहेका एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो।

दूतावासको सुरक्षामा खटिएका ती प्रहरी सुरक्षाकर्मीलेे आफैले हानेको गोली लागेर मृत्यु भएको भारतीय दूतावासले दावी गरेको छ। यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेको दूतावास स्रोतले जनाएको छ ।

मृत्यु हुने सुरक्षाकर्मी ३२ वर्षका दिपक सिंह हुन्। जो नेपाल स्थित भारतीय दूतावासमा कार्यरत भारतीय प्रहरी रहेको जनाइएको छ। ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको भनेर जानकारी गराएको बताएको छ।

प्रकाशित मिति: २० असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com