काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिले पनि युद्ध पीडितको समस्या समाधान हुन नसकेको बताएका छन् । ओलीले बम हान्ने र टाउकाको मोल तोक्ने दुवै देश लुट्ने र युद्ध पीडितलाई झन् पिडा दिने खेलमा संलग्न रहेको आरोप लगाए ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हिजो टाउको मोल तोक्ने र टाउकोमा बम हान्नेहरू मिलेर देश लुट्ने ? अनेक सपना देखाएर लडाइमा धकेलिए लडाकुहरूलाई केही गर्न नपर्ने ? काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?’

ओलीले टाउको मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हानिकारक गठबन्धन टिकाउनेबाहेक केही नरहेको आरोप लगाए । ओलीले आफ्ना पालामा संक्रमणकालीन न्याय निरूपणको काम टुंगिन लाग्दा जस एमालेले लिन्छ भनेर अहिले सरकारमा हुनेहरूले काम हुन नदिएको आरोप लगाए।

 

प्रकाशित मिति: २० असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com