काठमाडौं । काठमाडौं महानगरले फुटपाथ व्यापारीसँग मासिक पैसा उठाउने आरोप लागेका नगर प्रहरीमाथि छानबिन सुरु गरेको छ ।

बालुवाटारमा गाडामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आरोप लागेका नगर प्रहरीका सईलाई स्पष्टीकरण सोधिएको हो । आचार्य दम्पतीले नगर प्रहरी राजन श्रेष्ठले ५ हजार रुपैयाँ मागेको आरोप लगाएका थिए । ‘मिडियामार्फत उनीहरूले जसलाई आरोप लगाएका छन्, हामीले छानबिन थालेका छौं,’ महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘ती कर्मचारीलाई स्पष्टीकरण सोधेका छौं ।’ जवाफ आएपछि थप छानबिन अघि बढ्ने उनले बताए ।

नगर प्रहरीले फुटपाथ व्यापारीसँग मासिक कम्तीमा ५ सय लिने गरेको आरोप लाग्ने गरेको छ । घूस मागेको घटना बाहिर आएपछि महानगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीलाई थप कारबाही गर्ने धम्की दिएको समाचार पनि आएको छ । ती दम्पतीलाई थप कारबाही गर्ने विषयमा भने छलफल नभएको काफ्लेले बताए ।

प्रकाशित मिति: २० असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com