काठमाडौं । अभिनेता दीपकराज गिरीले अभिनय सुरू गरेको ३० वर्षपछि अभिनयतर्फको राष्ट्रिय अवार्ड पाएका छन् । राष्ट्रिय चलचित्र पुरस्कारमा उनले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।

“अभिनय सुरू गरेको ३० वर्षपछि पहिलो पल्ट अभिनेताको रूपमा राष्ट्रिय अवार्ड पाएको छु । यसलाइ मैले उत्कृष्ट अभिनेताको अवार्डभन्दा पनि एउटा विद्यार्थीले पाएको प्रोत्साहन पुरस्कारको रूपमा लिएको छु,” उनले भने, “यसबाट भविष्यमा अझै मिहिनेत  गर्ने उर्जा मिलेको छ ।”

दीपकले चलचित्र ‘छ माया छपक्कै’बाट राष्ट्रिय चलचित्र अवार्ड हात पारेका हुन् ।

२०७६/०७७ को राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपतिको कार्यालय सितल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेकी हुन् ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com