रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं ५ खनियापानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको संख्या अझै बढिरहेको जनाइएको छ।

साँदिडाँडा बाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभु नजिक दुर्घटना भएको हो। दुर्घटनामा परेको बस अरनिको यातायात रहेको खुलेको छ।

दुर्घटनास्थलमा हेलीकप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच समन्वय भैरहेको छ ।

घाइतेको संख्या भने यकिन भैसकेको छैन्। अहिले स्थानीय र प्रहरीद्वारा उद्दार कार्य भइरहेको लुभुघाट प्रहरी चौकीले जनाएको छ।

दुर्घटनाको कारण भने खुलेको छैन।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com