रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो।

बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com