काठमाडौँ । हिपहप रियालिटी सो ‘नेपहपको श्रीपेच’को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् ।

नेपालमा पहिलो पटक आयोजित ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका थिए । मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए । बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने पञ्च बुद्ध ‘मुख:’लाई र्‍याप प्रतियोगतामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।

प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा ‘पञ्च बुद्ध मुख:’ लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो ।

 

 

 

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com