काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् ।

कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन अस्वीकार गरेपछि प्रतिपक्षी दलका साथै सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजिनामा दिनु पर्ने बताएका थिए ।

अर्थमन्त्रालयले सिसिटिभि फुटेज नदिएपछि अनाधिकृत व्यक्तिबाट बजेट बनाएको आरोप पुष्टी हुने आधार भएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीको चौतफी आलोचना भइरहेको छ।

 

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com