काठमाडौं । मुलुकको अर्थतन्त्रलाई ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समस्टिगत आर्थिक स्थिरतातर्फ, बञ्चितिकरणबाट समावेशीतातर्फ’ प्रस्थान गर्ने गरी बजेट प्रस्तुत गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

अर्थमन्त्री शर्माले भने, ‘मुख्यगरी देशको अर्थतन्त्रका बारे चिन्तित भएको कुरा बाहिर आइरहेको छ र यो चिन्तालाई सम्बोधन गर्ने बजेट आयो कि आएन भनेर विश्लेषण गर्नुपर्ने खाँचो छ । बजेटमा राखिएका विषयहरू स्पष्ट छन्। कतिपयले पूर्वाग्रह राखेर अर्थमन्त्रीको वर्गीय दृष्टिकोण नै विचलन भयो भन्ने आरोप पनि लगाएका छन्, ती प्रश्न उठानकर्तालाई धन्यवाद छ । जे जस्ता प्रश्न उठेका छन्, त्यसले मेरो देशप्रेमको भावना घटेको छैन, कति पनि विचलन आएको छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु।’

अर्थमन्त्री शर्माले यसरी कसैले प्रश्न उठाउंदैमा आफ्नो देशप्रेमको भावना नघटेको बताएका छन्। बजेट बनाउदा बखतको अर्थमन्त्रालयमा भएको सिसिटिभी फुटेज गाएब भएपछी अर्थमन्त्री शर्माको अहिले चौतर्फी आलोचना भइरहेको छ। अर्थ मन्त्री शर्मालाई प्रधानमन्त्री देउवाले समेत राजिनामा माग गरिसकेका छन्।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com