काठमाडौं । काठमाडौं महानगरले इन्धन खर्च नपुगेको भन्दै ३ करोड ५० लाख बजेट थप गरेको छ। नगर कार्यपालिकाको आजको बैठकमा ‘बजेट थपको प्रस्ताव’पास भएको हो।

कार्यपालिका बैठकबाट पास भएपछि अब यसलाई नगरसभाबाट पारित गरिनेछ। चालु आर्थिक वर्ष ०७८/०७९ मा इन्धनका लागि विनियोजित बजेट गत चैतमा नै सकिएको थियो। त्यसपछि महानगरले तीन महिनाका लागि ३ करोड ५० लाख रकम थप्ने प्रस्ताव अघि बढाएको थियो।

मेयर बालेन्द्र शाहले उक्त प्रस्ताव पढेर सुनाउँदै पास गर्नका लागि कार्यपालिका बैठकमा प्रस्तुत गरेका हुन्।
उक्त बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तर गरेर मिलाइने जनाइएको छ।

 

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com