काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो ।

राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको राप्रपाको ठहर छ ।

पार्टीको सुशासन विभागका प्रमुखसमेत रहेका शाहीले भने, ‘पार्टी अध्यक्षसँगको परामर्शमा कानून व्यवसायीहरूसँग समेत सल्लाह गरेर जाहेरी दिने निर्णय लिएका हौं ।’

बहालवाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न सकिने प्रहरी स्रोतले बताएको छ । पक्राउ गर्नुपरेको अवस्थामा भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com