काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरी डाँडामा जाँदै थिए।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ। ‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उहाँ  माथि पुगिसक्नुभएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने,‘जेनेरेटरबाट अरू अड्किएका केबलकार पनि चलाउने काम भइरहेको छ।’

विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com