काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजासँग सेनालाई मिलाएर अरु पार्टीलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। ‘नाम नै त नलिऊँ, मेरा केही पुराना मित्रहरुले विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीलाई प्रतिबन्ध लगाउन खोज्दैछ भन्छन्। लाउने पनि हो, र लगाउने घोषणा गर्दछु’ उनले सम्बोधनको क्रममा भने।

‘दलालहरुलाई प्रतिबन्ध लगाइँदैन त? देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैन नेपालमा,’ विप्लवले भने, ‘१० वर्ष प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन। देश बेचेर खानेलाई जनताले पाउने अधिकार दिन हुँदैन।’

राजनीति वर्गसंघर्ष र पीडाबाट निस्कने विषय भएको पनि उनले बताएका छन्। दलाल र देश बेच्नेहरुलाई भोट हाल्न दिन नहुने तर्क उनले गरेका छन्।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com