काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको शर्माले बताए।

आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो । अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।

उनले भने, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिन समितिले म माथि हजारौं छानबिन गराेस् ।’

छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहने शर्माले बताए।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com