काठमाडौं । चन्द्रागिरिमा बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेका छन् ।

साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्लीनारायण पाण्डेले बताए। टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो ।

प्रहरी स्रोतका अनुसार तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । ‘केबलकार नचलेका कारण माथि डाँडामा अलपत्र परेका ४०० जनालाई उद्धार गरेका छौं’ पाण्डेले भने, ‘थपलाई पनि उद्धार गरिरहेका छौं ।’

उनका अनुसार गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ । उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा मात्रै खिटएको छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com