झापा । झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचमा झडप भएको छ। मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच कुटाकुट भएको हो।

सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा झडपनै भएको स्रोतको दाबी छ। नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद सिर्जना भएको थियो।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ। यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य विवाद मात्र भएको बताए। तर स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरी बीच कुटाकुट भएको थियो।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com