काठमार्डौं । राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ। राजा शाह आजबाट ७५ वर्ष पुरा भएर ७६ लाग्नुभएको हो । जन्मदिनको अवसरमा शुभचिन्तकहरुले उहाँलाई शुभकामना दिइरहेका छन्।

केही हप्ता अगाडि थाइल्यान्ड पुग्नुभएको राजा ज्ञानेन्द्रले थाइल्यान्डमा अध्यनरत आफ्नो नातिनिहरु संग बसेर धेरै समय पछि जन्मदिन मनाउन लाग्नुभएको छ।

ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिनुभएको थियो। उहाँ राजा महेन्द्रका माहिला छोरा हुन्। वि.सं २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनास भएपछि ज्ञानेन्द्र शाह राजा बन्नुभएको थियो।

राजा भए लगत्तै वि.सं २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उहाँविरुद्ध २०६२/०६३ जनआन्दोलन गरेका थिए। सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्नु भएको थियो।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com