काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन्।

बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन्। मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी उनले मन्त्रालयमा गराएका थिए ।

 

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com