काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् ।

तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको उनले बताए । सम्बोधनको ड्राफ्ट एमालेको केन्द्रीय कार्यालयमा आफूले तयार गरेको उनले दाबी गरे । ‘एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ ।’ त्यही ड्राफ्ट नै ज्ञानेन्द्रले पढेको उनले दाबी गरे ।

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनले सुनाए । त्यसै ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।

उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य भने अर्कै रहेको बताए। छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्न गरिएको उनको भनाइ छ। उनले आफूले बोलेका कुराको कुम हल्लाउँदै जवाफ दिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन्।

 

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com