काठमाडौं । काठमाडौं महानगरले र्‍याप गायक यमबुद्धको शालिक निर्माण गर्ने भएको छ । महानगरले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको शालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगर स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको शालिक निर्माणका लागि विनियोजन भएको छ। महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको शालिक निर्माण गर्न लागिएको हो ।

साहले यमबुद्धको शालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए । तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी शालिक स्थापना हुने  साहले बताए ।

प्रकाशित मिति: २५ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com