काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफ्नाे तलबबाट र्यापर यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन्।
हिजो महानगरको बैठकले र्यापर यम बुद्धकाे सालिक बनाउन पन्ध्र लाख बजेट विनियोजन गर्ने घोषणा गरेको थियो। उक्त विषयलाई लिएर सामाजिक संजालमा मेयर बालेन्द्र साहको आलोचना समेत सुरु भएको थियो। आलोचना सुरु भएसंगै बालेन्द्रले आफ्नै तलब बाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् साे कुराकाे जानकारी दिएका हुन्।
मेयर बालेन्द्र साहको फेसबुक स्टाटस:
प्रकाशित मिति: २५ असार २०७९, शनिबार
प्रतिक्रिया