काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन्। यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी आलोचना भएपछि आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका हुन्।

यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा साहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । साहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।

बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगर तथा उपमहानगरका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ । यसरी चार वर्षको कार्यकालमा मेयर शाहले २० लाख १६ हजार तलव पाउनेछन्। महानगरले यमबुद्धको सालिक बनाउन १५ लाख खर्च गर्ने बताएको थियो । बालेनको तीन वर्षको तलबबाट यमबुद्धको सालिक बन्नेछ ।

प्रकाशित मिति: २५ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com