काठमाडौं । नेकपा एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ ।

आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक हजार हजार संकलन गर्ने प्रस्ताव गरिएको छ । यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ प्रस्ताव गरिएको छ।

‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेसनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना रु.५ हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो’, अपानिमा उल्लेख छ । पार्टी एपमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com