काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने बताएका हुन् ।

‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’ त्यसैले अहिले नै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com