काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन्। सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार-हतार भएको बताए।

‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’

फरक प्रसंगमा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।

प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा र उनका भाइलाई लक्षित गर्दै ओलीले सरकार सरले चलाउनु हुन्छ कि म्याडम भन्नेतर्फ आफू नजाने बताए।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com