काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले धोबीखोलामा फोहाेर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार साँझ ट्विट गर्दै उक्त जानकारी दिएका हुन्।

‘सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ। सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार रु। २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौं’, उनले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्। उनले रकम तिराएको रसिद समेत अपलाेड गरेका छन्।

महानगरले महानगरपालिका वार्ड नम्बर ९ मा रहेको प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई जरिवाना गरेको हो। प्रालिले केही महिनादेखि नियमित रुपमा धोबीखोलामा फोहोर फालेको भिडियो साम्रगी सार्वजनिक भएपछि महानगरले यो जरिवाना गरेको हो।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com