काठमाडौं । धराने जनताको श्रमदानबाट अहोरात्र पकुवा नदीमा काम गरेपछि अन्तत त्यहाँको पानी धरानको सर्दु छेउको बस्तीमा आइपुगेको छ।

धरानको खानेपानीको समस्यालाई प्रमुख मुद्धा बनाएर स्वतन्त्र चुनाव लडेका हर्कले पहिलो चरणमा सफलता पाएका हुन्।

सोमबार मात्र पाइपबाट खोलाको पानी बस्तीमा आइपुगेको तस्विर मेयर हर्क साम्पाङले सार्वजनिक गरेका छन् । त्यो खुसीमा आफू भावुक भएको उनले बताए ।

सामाजिक संजालमा निकै सक्रिय उनले फेसबुकमा लेखेका छन् -‘म एउटा माध्यम मात्रै हुँ । गर्ने सबै धराने जनता हुन् । सबै सबै लाई सबै सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद। आज पकुवाको पानी सर्दु छेउको बस्तीमा आइपुग्यो । यो देख्दा आँखा रसाएकोछ मेरो । आखिर म जनताको सेवक न परें । यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसी छु । विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ ।’

मेयर हर्कले कार्यालयको पनि काम छोडेर लगातार पकुवा नदीमा जनतालाई लिएर काम गरेका थिए ।

 

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com